कञ्चनपुर । कञ्चनपुरमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।
कञ्चनपुर प्रहरीका अनुसार सोमबार खाना पकाउने क्रममा एक्कासि बिरामी परेका निर्वाचन प्रहरी मानसिंह रानाको मृत्यु भएको हो ।
उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा रानाको मृत्यु भएको बताइएको छ ।
खाना पकाउने क्रममा बेहोस भएका रानाको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
निर्वाचन प्रहरी राना पुनर्वास नगरपालिका– ९, सीताबस्तीस्थित जीवनशक्ति आधारभूत विद्यालय बुथ केन्द्रमा खटिएका थिए । लालझाडी गाउँपालिका– ३, बल्मीका ३५ वर्षीय रानाको शव परिवारलाई बुझाइएको छ ।