Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

१ लाख ३३ हजार निर्वाचन प्रहरी घर फर्किए

१ लाख ३३ हजार निर्वाचन प्रहरी घर फर्किए

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका अस्थायी निर्वाचन प्रहरीहरूलाई बिहीबार शुभकामनासहित बिदाइ गरिएको छ।

सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका निर्वाचन प्रहरीलाई देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरूले प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा बिदाइ गरेका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले कुल १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो।

नेपाल प्रहरी का अनुसार ‘निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२’ अनुसार उनीहरूलाई गत माघ १८ गते नियुक्तिपत्र प्रदान गरिएको थियो।

छोटो अवधिको तालिमपछि निर्वाचन प्रहरीहरू नेपाल प्रहरीसँग समन्वय गरी देशभरका मतदान केन्द्रहरूमा परिचालित भएका थिए। मतदानका दिन सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन गराउन उनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रहरीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीहरूको योगदान उल्लेखनीय रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077