Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

बुधवार , फाल्गुण ६, २०८२

बनेपा । बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । 

बुधबार बिहान बागमती प्रदेश–०१– ००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

दुर्घटनाका मृतकको सनाखत हुन सकेको छैन ।  मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ । 

यस्तै दुर्घटनामा अर्का एक जना पनि घाइते भएका बनेपा प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077