Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसमा रास्वपालाई ठुलो झट्का, प्रदेशकी संस्थापक सभापति शर्माले त्यागिन पार्टी

मधेसमा रास्वपालाई ठुलो झट्का, प्रदेशकी संस्थापक सभापति शर्माले त्यागिन पार्टी

'आर्थिक अनियमितता भएको आरोप '

बुधवार , फाल्गुण ६, २०८२

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छिन् ।

संस्थापक सभापति शर्माले आज बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गरेकी हुन् ।

उनले पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाएकी छिन् । 

'आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आएको छ । यी सबै क्रियाकलापहरूको साक्षी बनेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु,' जारी विज्ञप्तिमा भनिएको छ ।

उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् । 

२०७९ साल साउन १० गते रास्वपा प्रवेश गरेकी शर्माले आफ्नो योग्यता, क्षमता र समय समर्पित गर्दै निरन्तर योगदान पुर्याउँदै आएकी थिइन् ।  

तर, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली पार्टीको मूल्यमान्यतासँग विपरीत रहेको उनले भनाई छ ।

यसअघि शर्माले उम्मेदवार चयन गर्ने क्रममा नेतृत्वले आफूमाथि अन्याय गरेको आरोप लगाएकी थिइन् ।  

समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने क्रममा उनले तेस्रो स्थानको मत प्राप्त गरेकी थिइन् । काठमाडौंका पूर्व मेयर बालेन साह पक्षको एकतापछि उनलाई मधेसी महिलातर्फ सातौ स्थानमा राखिएको थियो ।

प्रारम्भिक मतदानबाट आएको मतअनुसार सूचीमा नराखिएपछि समानुपातिक तर्फबाट नाम फिर्ता लिएकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077