Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काँग्रेस प्रवेश गर्दै ममता शर्माले भनिन्- रास्वपाका नेताहरू दागैदाग र मुद्दैमुद्दा लागेका छन्

काँग्रेस प्रवेश गर्दै ममता शर्माले भनिन्- रास्वपाका नेताहरू दागैदाग र मुद्दैमुद्दा लागेका छन्

बुधवार , फाल्गुण ६, २०८२

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेस प्रवेश गरेकी छन् ।

पार्टी विधि र विधान विपरीत चलेको भन्दै रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेकी शर्मा आजै जनकपुर धाममा आयोजित काँग्रेसको प्रतिज्ञा सभामा पार्टी प्रवेश गरेकी हुन् ।

शर्मालाई कांग्रेसको प्रतिज्ञा सभामा पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्- 'रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि मैले गरेको योगदान खेर गयो । उक्त पार्टी परित्याग गरी जेनजीको भावना बोक्ने र सुशासनको काममा जोड दिने कांग्रेसमा प्रवेश गरेकी हुँ।'

उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले रास्वपा छाडेको बताइन् ।

उनले थप भनिन्- 'अहिले कांग्रेस गगन दाइको नेतृत्वमा बदलिएर नयाँ रास्वपा जस्तो बनेको छ। तर आफूलाई वैकल्पिक भनिएका रास्वपाका नेताहरू दागैदाग भएका,आर्थिक चलखेलमा मुछिएका, मुद्दैमुद्दामा लागेका छन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077