काठमाडौं । नेपाली कांग्रेसले ममता शर्मालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
गत फागुनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी कांग्रेस प्रवेश गरेकी बाराकी शर्मालाई सभापति गगन थापाको प्रस्तावमा केन्द्रीय कार्यसमितिमा मनोनीत गरिएको हो ।
शर्मा यसअघि रास्वपाको मधेस प्रदेश संस्थापक सभापति रहेकी थिइन्।
उनी फागुन ६ गते कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेकी थिइन्।