Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विदेश पठाइदिने भन्दै ४४ लाख ठगी, तीन जना पक्राउ

विदेश पठाइदिने भन्दै ४४ लाख ठगी, तीन जना पक्राउ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अरोपमा तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौं महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै  १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै तीन लाख ७० हजार रकम लिएका थिए ।

रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।    

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077