Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी पुगेर बालेनले भने– तपाईँहरुले भोट नदिए पनि कामको लिष्ट दिनुस् रास्वपाले काम गर्छ

धनगढी पुगेर बालेनले भने– तपाईँहरुले भोट नदिए पनि कामको लिष्ट दिनुस् रास्वपाले काम गर्छ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ ले पार्टीलाई भोट नदिए पनि काम गर्ने लिष्ट दिन आग्रह गरेका छन् ।

बुधबार कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको परिवर्तन उद्घोष सभामा बोल्दै काम गर्ने लिष्ट दिन आग्रह गरेका हुन् ।

सुदूरपश्चिमलाई विकासका हिसावले नजिक ल्याउन आफूहरु सुदूरपश्चिम आएको बताउँदै उनले आफूहरुलाई भोट नदिए पनि कामको लिस्ट दिन र सोही अनुसार आफूहरु काम गर्न तयार रहेको बताए ।

बालेनले भने- सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको होइन काम माग्न आएका हो । तपाईँहरुले भोट नदिए पनि कामको लिष्ट दिनु रास्वपाले काम गर्छ, सुदूरपश्चिम बनाउँछ ।'

बालेनले रुखमा बाँधेर भएपनि, बाटोमा सुताएर भएपनि,खोरमा जाकेर भएपनि दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डा रहेको बताएका छन् । 

यो भेगमा मेरो भोट छैन किन बनाउनुपर्‍यो ? भन्ने प्रवृत्ति रहेको भन्दै उनले भने-  'राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ ।'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077