सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारीको महलमा चलाउँने बताएका छन् ।
बिहीबार सुर्खेतमा आयोजित बाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सभापति लामिछानेले कतिपयले रास्वपा आए बस्तीमा डोजर चल्छ भन्ने गरेको भन्दै त्यसलाई स्पष्ट पारेका हुन् ।
अव्यवस्थित बस्ती हटाउने विषयलाई लिएर नागरिकमा डर पैदा गर्ने प्रयास भइरहेको उल्लेख गदै उनले भने- 'कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ । ‘गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ । हामी गरिबको व्यवस्थापन गर्छौँ ।'
काठमाडौं महानगरपालिकाका पूर्वमेयर समेत रहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ काठमाडौं महानगरमा हुँदा सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै आलोचना समेत भइरहेको छ ।
त्यसैले उनले पार्टीको नीति कमजोर वर्गको आवास हटाउने नभई भ्रष्टाचारबाट आर्जित सम्पत्तिमाथि कडाइ गर्ने रहेको स्पष्ट पारे।
साथै राज्यको प्राथमिकता गरिब समुदायको व्यवस्थापन र संरक्षण हुने तथा कानुन विपरीत आर्जित सम्पत्तिमाथि मात्र कडा कदम चालिने उनले बताए।