Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमालेलक्षित भीम रावलको टिप्पणी- सूर्यमा पूरै ग्रहण लाग्यो

एमालेलक्षित भीम रावलको टिप्पणी- सूर्यमा पूरै ग्रहण लाग्यो

बिहिवार , फाल्गुण ७, २०८२

अछाम । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमालेमा सूर्य ग्रहण लागेको टिप्पणी गरेका छन्।

अछाम-१ मा प्रतिनिधिसभा उम्मेदवार समेत रहेका रावलले मतदातासँग कुरा गर्दै सूर्यमा ग्रहण लागेको भन्दै एमालेप्रति यस्तो कटाक्ष गरेका हुन्।

अछाममा भोट मागिरहँदा रावलसँग उनका पुराना मतदाता सूर्य चिन्ह र एमालेबारे प्रश्न गरेका थिए ।

प्रश्न जवाफ दिँदै रावलले भने- 'सूर्यमा पूरै ग्रहण लाग्यो के गर्नु त, बनाउने त हामी हौँ, मैले हो नेतृत्व गरेको, अहिले केपी ओलीले काम नलाग्ने खरानी बनाए।'

उनले अहिले आफूहरुले अर्को २५ वटा पार्टी मिलेर नेकपा बनाएको भन्दै तारामा भोट हाल्न आग्रह गरे।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले रावललाई टिकट दिएको थिए ।  त्यसको केही समयपछि एमालेले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको थियो ।

जेनजी आन्दोलनपछि रावल २५वटा घटक मिलेर बनेको नेकपामा प्रवेश गरेका थिए । अहिले रावल नेकपाबाट गृहजिल्ला अछाम-१ मा प्रतिनिधिसभा उम्मेदवार छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077