Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भीम रावललाई चुनावअघि धक्का, पूर्वराज्यमन्त्री साउँदको समूह एमालेमा समाहित

भीम रावललाई चुनावअघि धक्का, पूर्वराज्यमन्त्री साउँदको समूह एमालेमा समाहित

सोमवार , फाल्गुण ४, २०८२

अछाम । सुदूरपश्चिम प्रदेश सरकारकी पूर्वराज्यमन्त्री तथा नेपाली कम्युष्टि पार्टी (नेकपा) की केन्द्रीय सदस्य मिना साउँदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन् ।

उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा एमालेमा समाहित भएको घोषणा गरेका हुन्।

पूर्वराज्यमन्त्री मिना साउँद सोमबार सोकटमा आयोजना हुने चुनावी सभामार्फत औपचारिक रूपमा एमाले प्रवेश गर्ने बताइएको छ।

यस घटनालाई अछाममा एमाले संगठन थप मजबुत बनाउने घटनाका रूपमा हेरिएको छ भने अछाम क्षेत्र नम्बर १ बाट नेकपाका तर्फबाट उम्मेदवार रहेका डा. भीम रावलका लागि चुनावको मुखमै ठूलो धक्का भएको विश्लेषण गरिएको छ ।

यद्यपि उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएका नाममा विवाद छ । केही व्यक्तिहरुले आफू एमालेमा समाहित नभएको प्रस्टिकरण दिइरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077