Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।

बिहीबार उपाध्यक्ष विष्णु पौडेललाई लिएर ओली प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्।

भेटमा समसामयिक विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

साथै ओलीले चुनावका लागि आवश्यक सुरक्षामा ध्यान दिन प्रधानमन्त्री कार्कीसंग आग्रह गरेका छन्।

यसअघि माघ २२ गते पनि ओली र कार्कीबीच करिब २ घण्टा वार्ता भएको थियो।

उक्त भेटमा ओली कार्कीसँग समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077