Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले भनिन्- शिक्षा केवल औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन

प्रधानमन्त्री कार्कीले भनिन्- शिक्षा केवल औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन

शुक्रवार , फाल्गुण ८, २०८२

पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित नहुने बताएकी छन् । 

पोखरा महानगरपालिका–३० खादी ढुङ्गेपाटनमा आज आयोजना पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्- 'दीक्षार्थीले प्राप्त गर्नुभएको प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, यो नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी तिनका दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको द्योतक पनि हो। त्यसमा सफल बन्नुपर्छ।'

नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्री कार्कीले थप भनिन्- 'विश्वविद्यालयको अध्ययन पूरा गरेपछि युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो। त्यसैले नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता हो ।'

साथै आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो।

उक्त दीक्षान्त समारोहमा पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना दीक्षित भएका छन् । समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका विद्र्याथीहरूलाई उपाधि प्रदान गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077