Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दाङ पुगेका रवि लामिछानेको आक्रोश- छलछाम गरेर मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

दाङ पुगेका रवि लामिछानेको आक्रोश- छलछाम गरेर मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

शुक्रवार , फाल्गुण ८, २०८२

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई संसद्‍बाट छल गरेर निकालेको दाबी गरेका छन् । 

दाङको घोराहीमा शुक्रबार आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधनका क्रममा लामिछानेले नेकपा एमाले महासचिव शंकर पोखरेललक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

२०८० वैशाखमा दोस्रो पटक चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि गृहमन्त्री बनेर सुशासनको पक्षमा काम गरिरहेका बेला षडयन्त्रपूर्वक संसद्बाट निकालेको टिप्पणी गरे ।

सम्बोधनका क्रममा पोखरेलको नाम नलिइ उनले भने- 'गृहमन्त्रीका रुपमा राम्रो काम गरिरहहेका बेला मलाई छलछाम गर्दै संसद्बाट निकाल्नेहरु यहीँ छन् ।’त्यसबेलाका योजनाकार यहीँ छन् । भ्रष्टाचारविरुद्ध काम गरिरहेको मलाई विचौलियासँग मिलेर मध्यराति हस्ताक्षर गरेर दुई घण्टामा निकाले ।’सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ ।'

उनले त्यसबेलाको आक्रोश पोख्ने क्रममा अब आफूलाई जनताको मनबाट निकालेर देखाउन पनि चुनौती दिएका छन् ।

लामिछानेले भने- 'मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्‍याउनेहरू पनि यही क्षेत्रबाट निर्वाचन उठेको सुनेको छु र तिनीहरुलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिनेछु । '

आफूलाई जेल पुर्‍याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने उनले दाबी गरे ।

 

 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077