बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–१ मा शुक्रबार राति जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चालक २६ वर्षीय केशव सिंह धामीको मृत्यु भएको हो ।
बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४(०११ ज ००६९ नम्बरको जीप राति करिब ११ बजेतिर सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनाका कारण भने खुलेको छैन। मृतकको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।