Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन सुरक्षामा सुदूरपश्चिम प्रहरी सक्रिय, अछाममा ठूलो संख्यामा प्रहरी पठाइयो

निर्वाचन सुरक्षामा सुदूरपश्चिम प्रहरी सक्रिय, अछाममा ठूलो संख्यामा प्रहरी पठाइयो

शनिवार , फाल्गुण ९, २०८२

धनगढी । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा सुरक्षा तयारी तीव्र पारिएको छ ।

यस क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी गण र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीबाट विभिन्न जिल्लामा प्रहरी टोली परिचालन गरिएको हो ।

 सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार १५५ जनाको टोली अछामतर्फ परिचालन गरिएको छ । उक्त जनशक्ति सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट पठाइएको हो । निर्वाचन सुरक्षाका दृष्टिकोणले अछामलाई संवेदनशील जिल्लाको रुपमा राखिएको छ ।

सोही अनुसार बढी सरक्षाकर्मी परिचालन हुनेछन् । अछाममा अझै सरक्षाकर्मी पठाइने बताइएको छ । अछाम जिल्लामा सुरक्षा व्यवस्थापन मजबुत पार्न विशेष टोली परिचालन गरिएको हो ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ४० जना प्रहरी टोली कैलाली र कञ्चनपुरका लागि प्रस्थान गरेका छन् । कैलाली र कञ्चनपुर लगायत अन्य जिल्लामा समेत आवश्यक जनशक्ति थपिँदै जाने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयहरूमा मद्दत पुर्‍याउन अन्य प्रहरी टोलीहरू पनि क्रमशः परिचालन भइरहेका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरेको छ ।

जेनजी आन्दोलनपछिको नयाँ राजनैतिक परिवेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुन लागेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077