Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपा धनगढीका संस्थापक सभापति ईश्वरी विष्टले पनि छाडे पार्टी

रास्वपा धनगढीका संस्थापक सभापति ईश्वरी विष्टले पनि छाडे पार्टी

शनिवार , फाल्गुण ९, २०८२

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ईश्वरी विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति समेत रहेका विष्टले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै साधारण सदस्यबाट समेत अलग हुने गरी राजीनामा दिएका हुन्।

उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।

'कि पार्टीले पछिल्लो समय अपनाएको निर्णय प्रक्रिया, कार्यशैली र व्यवहार स्थापना कालिन मूल्य र विधानसँग मेल खाँदैन । संगठनमा मेहनत गर्ने नेता–कार्यकर्ताको मूल्यांकन सही हुन सकेको छैन र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर भइरहेको छ,' राजीनामा पत्रमा विष्टले भनेका छन् ।

विष्ट कैलाली–५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न इच्छुक थिए। तर रास्वपाले आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो चुनावमा रास्वपाबाट उम्मेदवार बनेका विष्टले तीन हजार ४०५ मत प्राप्त गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077