Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन पुगेर रवि लामिछानेले भने- देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍यायौँ

चितवन पुगेर रवि लामिछानेले भने- देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍यायौँ

शनिवार , फाल्गुण ९, २०८२

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले इमानदारितापूर्वक काम गर्न खोजे पनि त्यो अवसर नदिइएको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

मतदातासँग भावुक अपिल गर्दै उनले भने, ‘दुख मैले पाए पनि आँखा तपाईँका भिजेका छन् । घाउ मलाई लागे पनि पीडा तपाईँलाई छ। तर त्यति दुख्नै पर्थ्यो मलाई । आराम खोजेको भए सरकार ढल्न दिइँदैन थियो, छलेका पैसामा भाग खोजिन्थ्यो होला ।

यो अवधिमा आफूले दुःख पाएको सभापति लामिछानेको भनाइ छ। भ्रष्टाचारको पैसामा भाग नखोजेकाले सरकार ढालेको र आफूलाई दुःख दिएको उनको आरोप थियो। 

लामिछानेले देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याएको बताएका छन्।

जेनजी आन्दोलनमा ठुला दलका नेता भाग्नुपरेको इंगित गर्दै उनले भने- 'देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ। हामीले भाग खोजेनौँ, तर देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याउने गरी काम गर्‍यौँ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077