झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन बीचमै स्थगित हुन सक्ने संकेत गरेका छन् ।
झापाको भद्रपुरमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले चुनाव स्थगित हुन पनि सक्ने बताएका हुन् । उनले भने, 'यो चुनाव स्थगित हुन पनि सक्छ । तर, हामी चुनावको तयारीमै छौँ ।'
चुनावी प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने हतारोका बीच क्षेत्र नम्बर ३ को प्रचार समितिले आयोजना गरेको कार्यक्रममा ओलीले भने, 'चुनावका लागि देशको खर्च नहुनुपथ्र्यो, भइसक्यो । निर्वाचन प्रहरी खटाइसक्यो । त्यसैले निर्वाचन हुनुपर्छ ।'
दाङसहित देशका विभिन्न स्थानमा पार्टीका झन्डा जलाएको घटनाप्रति टिप्पणी गर्दै ओलीले भने, 'आस्थाको प्रतीक मानिने झन्डाको अपमान गर्नु अपराध हो । त्यस्ता क्रियाकलाप रोक्न हामी सचेत गराउँछौँ ।'
हार्ने भएपछि रास्वपाले झन्डामा आगो झोसेर चुनाव भाँड्ने षड्यन्त्र गरेको ओलीको टिप्पणी छ ।