Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लापसे गरेर सवारी साधन चलाउने ७ चालक पक्राउ

लापसे गरेर सवारी साधन चलाउने ७ चालक पक्राउ

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौँको नागढुङ्गामा गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई नियन्त्रणमा लिइएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुधौषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

नियन्त्रणमा लिइएकाहरूमा हाइसका चालक तीन जना, बस चालक दुई जना, ट्रक चालक एक जना र पिकअप भ्यानका चालक एक जना छन्। 

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077