Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई निर्वाचन आयोगको सिफारिस

चुनावका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई निर्वाचन आयोगको सिफारिस

'१८ गतेदेखि लगातार सात दिन बिदा'

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आइतबार आयोगले  फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको हो।

बिदाका बारेमा सरकारले भने निर्णय गरिसकेको छ‌ैन।

यसअघिका निर्वाचनमा सकारले विद्यालय तीन दिन र अन्य सरकारी कार्यालयमा एक दिन बिदा दिने गरेको थियो। 

निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन अहिले पनि सबै कार्यालयका लागि तीन दिन बिदा दिन सिफारिस गरिएको छ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।

योसँगै १८ र १९ गते होलिको बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको बिदा र २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077