Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच कुटाकुट

सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच कुटाकुट

सोमवार , फाल्गुण ११, २०८२

सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिका–४ सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच भएको झडपमा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार, मरिण–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ भने उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको छ।

यस्तै, कम्पनीमा कार्यरत चिनियाँ नागरिक ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते भएका छन् ।

उनीहरूका कान, टाउको, हात, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। सबै घाइतेको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट मा भइरहेको छ।

प्रहरीका अनुसार, नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा दुई पक्षबीच हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ।

घटनापछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077