Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धरानमा युवाहरूबीच कुटाकुट, छुरा प्रहारबाट एकको मृत्यु

धरानमा युवाहरूबीच कुटाकुट, छुरा प्रहारबाट एकको मृत्यु

आइतवार , बैशाख २७, २०८३

सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय युवाबीच भएको सामान्य विवाद हिंसात्मक बनेपछि भएको घटनामा जीवन भुजेलको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार धरान उपमहानगरपालिका–१९ मा युवाहरूबीच भएको विवादका क्रममा २८ वर्षीय भुजेलमाथि धारिलो हतियार प्रहार गरिएको थियो।

गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

प्रतिष्ठानमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम रेफर गरिएको थियो।

तर उपचारकै क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशवकुमार थेबे ले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा अर्जुन विश्वकर्मा फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077