Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीको जिकिर - मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडी जस्तै जहाँको त्यहीँ बस्छ

ओलीको जिकिर - मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडी जस्तै जहाँको त्यहीँ बस्छ

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा आउनेबित्तिकै देश विकाशको गतिमा कुद्ने दाबी गरेका छन् ।

सोमबार झापा-५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । 

ओलीले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला देशमा कुनै काम नहुने रआफूले सरकारको नेतृत्व गर्नासाथ देशमा व्यापक काम हुने दाबी गरे।

‘मैले काम गर्न थाल्छु, काम रोक्नका लागि विरोधीहरू थर्कमान हुन्छन्। काम बन्द हुन्छ, फेरि म आउन पर्छ। अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडिजस्तो हुन्छ देश । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’

ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरे ।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077