Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशलाई सम्हाल्न सक्ने शक्ति एमाले मात्र हो : ओली

देशलाई सम्हाल्न सक्ने शक्ति एमाले मात्र हो : ओली

सोमवार , फाल्गुण ११, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई सम्हाल्न सक्ने शक्ति एमाले मात्र रहेको दाबी गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत दमकमा आयोजित नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उनले आगामी चुनावपछि देशको नेतृत्व एमालेले नै गर्ने बताएका हुन् ।

ओलीले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका तोडफोड, आगजनी र विध्वंसका घटनाले लोकतन्त्र र राष्ट्रिय एकतामा क्षति पुर्‍याएको उल्लेख गरे।

'देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता बिथोलेर निर्वाचन जित्न सकिँदैन,' उनले भने, 'जनताको विश्वास र स्थिरताको आधारमा मात्र देश अघि बढ्छ।'

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077