Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाता झिकाउन विशेष अदालतको आदेश

सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाता झिकाउन विशेष अदालतको आदेश

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाताको विवरण झिकाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सिंगापुरको बैंक खातामा रहेको रकमको विस्तृत विवरण मगाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको हो।

अदालतले सिंगापुरको केन्द्रीय बैंकसँग समन्वय गरी युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट खाता विवरण झिकाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलमाथि सफ्टवेयर खरिद प्रकरणमा घुस लिई उक्त रकम सिंगापुरको बैंक खातामा राखेको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले पौडेलले २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबी अदालतसमक्ष पेश गरेको छ।

यसैबीच, नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायतासम्बन्धी औपचारिक सम्झौता नभएको अवस्थामा विदेशी बैंक खाताको विवरण झिकाउन मिल्ने वा नमिल्ने विषयमा कानुन मन्त्रालयको औपचारिक रायसमेत माग गरिएको छ।

अदालतले सात वर्षअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमार्फत खरिद गरिएका उपकरणहरू हाल जडान अवस्थामा छन् वा छैनन् भन्ने स्पष्ट विवरण पेश गर्न सम्बन्धित सरकारी निकायलाई आदेश दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077