Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चुनावका बेला झुलाघाट नाका तीन दिन बन्द हुने

चुनावका बेला झुलाघाट नाका तीन दिन बन्द हुने

बुधवार , फाल्गुण १३, २०८२

बैतडी । आगामी निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाट तीन दिन बन्द हुने भएको छ।

मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।

उनका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ः०० देखि फागुन २१ गते राति १२ः०० बजेसम्म बन्द गरिने भएको हो।  

जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी) मार्फत सुरक्षा निगरानी बढाएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरूमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरूबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077