Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कम्बोडिया र थाइल्याण्डबीच गोली हानाहान

कम्बोडिया र थाइल्याण्डबीच गोली हानाहान

बुधवार , फाल्गुण १३, २०८२

एजेन्सी । छिमेकी मुलुक कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा पुनः तनाव चुलिएको छ । थाई सेनाले मङ्गलबार सिमावर्ती सिसाकेट प्रान्त नजिक कम्बोडियन सेनासँग गोली हानाहान भएको जनाएको छ ।

थाई सेनाद्वारा जारी विज्ञप्तिअनुसार कम्बोडियन पक्षबाट थाई गस्ती नजिकै ४० एमएम ग्रेनेड राउन्ड प्रहार गरिएको थियो। घटनामा कुनै थाई सैनिक घाइते नभएको दाबी गरिएको छ ।

घटनापछि थाई सेनाले आत्मरक्षा र चेतावनीस्वरूप एम–७९ ग्रेनेड लन्चर प्रयोग गरेको जनाएको छ। सेनाका प्रवक्ता विन्थाई सुवारीले कम्बोडियाको उक्त कदमले डिसेम्बरमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएका छन्।

प्रारम्भिक मूल्याङ्कनअनुसार नयाँ तैनाथ कम्बोडियन सैनिकहरू नियम तथा कमान्ड नियन्त्रण प्रक्रियासँग पूर्ण रूपमा परिचित नभएकाले परिचालनगत कमजोरीका कारण विस्फोट भएको हुन सक्ने थाई पक्षको दाबी छ।

उता, कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले घटनाबारे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीको जिज्ञासामा प्रतिक्रिया दिन अस्वीकार गरेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077