Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हर्क साम्पाङको आरोप - धरानमा पानीको ‘कृत्रिम अभाव’ सिर्जना गर्ने प्रयास भयो

हर्क साम्पाङको आरोप - धरानमा पानीको ‘कृत्रिम अभाव’ सिर्जना गर्ने प्रयास भयो

बुधवार , फाल्गुण १३, २०८२

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले केही समूहले पानीको अभाव देखाएर व्यापार विस्तार गर्ने र त्यसैलाई चुनावी एजेण्डा बनाउने योजना बनाएको दाबी गरेका हुन् ।

साम्पाङका अनुसार ‘पानी माफिया’ले अभावको वातावरण सिर्जना गरी पानीको व्यापार बढाउन खोजिरहेका छन्। 'भोट माग्ने एजेण्डा बनाउन जानीबुझी अन्य पार्टीहरूले यस्तो अवस्था बनाउन खोजिरहेका छन्,' उनले उल्लेख गरेका छन्।

उनले आफू नेतृत्वमा रहँदा आधारभूत आवश्यकतामा कुनै सम्झौता नगरेको दाबी गर्दै धरानवासीलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

आधारभूत सेवाको सुनिश्चितता आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उनले शैक्षिक, सामाजिक, श्रमगत तथा आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएको स्पष्ट पारे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077