Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हिमाचल–दिल्ली प्रहरी आमनेसामने, २० अधिकारी हिरासतमा

हिमाचल–दिल्ली प्रहरी आमनेसामने, २० अधिकारी हिरासतमा

बुधवार , फाल्गुण १३, २०८२

एजेन्सी । हिमाचल प्रदेश प्रहरी र दिल्ली प्रहरीबीच तनाव देखिएको छ ।

हिमाचल प्रदेश प्रहरीले अन्तरराज्यीय गिरफ्तारीका लागि आवश्यक पूर्व सूचना नदिएको आरोप लगाउँदै दिल्ली प्रहरीका करिब २० जना अधिकारीलाई सोलन जिल्लामा हिरासतमा लिएको हो ।

घटना त्यतिबेला चर्कियो, जब दिल्ली प्रहरीले शिमलाको रोहरू क्षेत्रबाट तीन जना कंग्रेस कार्यकर्तालाई पक्राउ गर्‍यो।

उनीहरूमाथि नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ क्रममा शर्ट फुकालेर विरोध प्रदर्शन गरेको आरोप छ।

हिमाचल प्रहरीका अनुसार अन्तरराज्यीय पक्राउका लागि स्थानीय प्रहरीलाई अनिवार्य रूपमा जानकारी दिनुपर्ने कानुनी प्रक्रिया छ। तर दिल्ली प्रहरी टोलीले त्यसो नगरेको दाबी गरिएको छ ।

सोही कारण सोलनमा दिल्ली प्रहरीलाई रोकेर उनीहरूका अधिकारीलाई नियन्त्रणमा लिइएको हो । मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले दिल्ली प्रहरीले हिमाचल सदनमा मध्यरातमा छापा मारेको आरोप लगाउँदै कडा शब्दमा निन्दा गरे ।

मुख्यमन्त्रीले आवासीय आयुक्तलाई समेत पूर्व जानकारी नदिइएको भन्दै यसलाई ‘दुर्भाग्यपूर्ण र अस्वीकार्य’ भनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077