Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको संकेत : शंकर पोखरेल

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको संकेत : शंकर पोखरेल

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

उनले उक्त सामग्री केवल सञ्चार सामग्री नभई “भूराजनीतिक चलखेलको जिउँदो प्रमाण” भएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्नेबारे गम्भीर समीक्षा हुनुपर्ने बताए ।

'चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन — यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो,' उनले लेखेका छन्।

पोखरेलले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पारे। लोकतान्त्रिक अभ्यासलाई प्रभाव पार्ने उद्देश्यले सामग्री सार्वजनिक गरिएको हो कि होइन भन्ने विषयमा सचेत बहस आवश्यक रहेको उनको भनाइ छ।

उनले भनेका छन्, 'नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्न उठाउनुपर्छ।'

महासचिव पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सार्वभौमिकता साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले सूचना स्वतन्त्र हुनुपर्ने तर त्यसको समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्ने धारणा राखे।

'हामीले बुझ्नुपर्छस् लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ। नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो। सूचना स्वतन्त्र हुनुपर्छ, समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ,' उनले अपील गरेका छन्।

भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिन सबैलाई सचेत रहन उनले आग्रह गरेका छन् ।

तथ्य जाँच गर्न, सूचनाको आलोचनात्मक विश्लेषण गर्न र राष्ट्रिय हितको पक्षमा उभिन उनले सर्वसाधारण, राजनीतिक दल र सञ्चारमाध्यमलाई आह्वान गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077