Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा लुटिएको ‘मार्क–४’ राइफल दमकमा जलेको अवस्थामा भेटियो

जेनजी आन्दोलनमा लुटिएको ‘मार्क–४’ राइफल दमकमा जलेको अवस्थामा भेटियो

शुक्रवार , फाल्गुण १५, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा झापाबाट लुटिएको भनिएको एउटा हतियार दमकमा जलेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–६ थानारोडस्थित इलाका प्रहरी कार्यालय दमक नजिकै वाई १३४८७ नम्बरको ‘मार्क–४’ राइफल बरामद गरिएको हो ।

प्रहरीले दिएको जानकारीअनुसार दमक–६ निवासी याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा उक्त हतियार काठको भाग पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको हो । राइफलको धातु भाग भने सुरक्षित रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

प्रहरी स्रोतका अनुसार उक्त हतियार जेनजी आन्दोलनका क्रममा लुटिएको सूचीमा परेको थियो। आन्दोलनपछि हराइरहेका हतियारमध्ये यो एक भएको आशंका गरिएको छ।

घटनास्थल आसपासका क्षेत्रको निगरानी बढाइएको र सीसीटीभी फुटेज तथा स्थानीयसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले घटनाको विस्तृत अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077