एजेन्सी । इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ ।
अमेरिकी–इजरायल आक्रमण परी खामेनीको मृत्यु भएको हो ।
इरानको मिलिटरी मोनिटरले सामाजिक सञ्जालमा ‘एक्स’मा खामेनीको तस्बिर राखेर लेखेको छ, “पक्कै पनि हामी ईश्वरका हौँ । र, हामी उहाँतिरै फर्किन्छौँ ।”
मिलिटरी मोनिटरले इरानको इस्लामिक क्रान्तिका नेता इमाम खामेनीलाई सहिद घोषणा गरिएको जनाएको छ ।