Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि, ४० दिनको शोक घोषणा

खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि, ४० दिनको शोक घोषणा

आइतवार , फाल्गुण १७, २०८२

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ ।

केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो ।

एक जना आँसुले भरिएको सरकारी टिभी प्रस्तोताले खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेका थिए ।

शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा भीषण आक्रमण गरेपछि आइतबार बिहान ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पले लेखेका छन्, 'इतिहासकै सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक, खामेनीको अब मृत्यु भइसकेको छ।' यद्यपि, इरानको तर्फबाट यस विषयमा कुनै आधिकारिक शोक वक्तव्य आएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077