एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर अन्त्येष्टिको मिति र समयबारे औपचारिक घोषणा अझै गरिएको छैन।
इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ।
इमाम रेजाको मजार शिया मुस्लिमहरूका लागि अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ । खामेनीको जन्म सन् १९३९ मा मसहदमै भएको थियो।
सरकारी स्रोतहरूका अनुसार इरानको नयाँ सर्वोच्च नेताको औपचारिक घोषणा खामेनीको अन्त्येष्टिपछि मात्र गरिनेछ ।
खामेनीका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिसकिएको बताइए पनि औपचारिक पुष्टि हुन बाँकी छ।