काठमाडौं। आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
यस दिन सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।