एजेन्सी । इजरायलको बेइत शेमेशमा इरानबाट प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।
भग्नावशेषबाट थप एक शव निकालिएपछि मृतक संख्या बढेको उद्धारकर्ताले जनाएका छन् ।
क्षेप्यास्त्र सहरको आवासीय क्षेत्रमा खस्दा एउटा यहूदी सभाघर पूर्ण रूपमा ध्वस्त भएको छ भने सार्वजनिक बम आश्रय र वरपरका घरमा ठूलो क्षति पुगेको छ ।
बेइत शेमेशका मेयर शमुएल ग्रीनबर्गले २० जना बासिन्दा अझै सम्पर्कविहीन रहेको जानकारी दिए ।