Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका हिजो र आजका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ।

मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा हिजो १७ र आज १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रूपमा रद्द गरिएको हो ।

नेपाल वायुसेवा निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले भने, 'मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारण नेपाल वायुसेवा निगम (आरए २२९/२३०) का दुबई र दोहाका सबै उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्ण रूपमा रद्द गरिएको हो।'

यसैगरी, नेपाल वायुसेवा निगमका मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न निगमले अनुरोध गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077