Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- फागुन २१ गते अरू काम छाडेरै भए पनि सबैले मतदान गरौँ

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- फागुन २१ गते अरू काम छाडेरै भए पनि सबैले मतदान गरौँ

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिताका लागि नागरिकहरूलाई आह्वान गरेकी छन्। 

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि फागुन २१ गते काम छाडेरै भए पनि निर्वाचनमा सहभागी हुनका लागि सबै मतदातामतलाई आग्रह गरेकी हुन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै उनले भनिन्- 'भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो। तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु ।'

प्रधानमन्त्रीले जेनजी आन्दोलनपछिको जटिल संक्रमणकालीन अवस्थाको स्मरण गर्दै त्यसपछिको असहज परिस्थितिबाट मुलुकलाई शान्तिपूर्ण प्रक्रियामार्फत संवैधानिक मार्गमा फर्काउन सकिएकोमा सन्तोष व्यक्त गरिन्।

‘प्रधानमन्त्रीले थपिन्- 'आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौं, विधिको शासन स्थापित गर्दै स्थिरताका साथ अघि बढ्न सफल भएका छौं ।'

आफूले कार्यभार सम्हालेका बेला चुनौतीपूर्ण अवस्था रहे पनि नागरिकहरूको धैर्यता र सहकार्यका कारण विधिको शासन सुदृढ हुँदै स्थिर राजनीतिक वातावरण निर्माणतर्फ देश अघि बढेको उनको भनाइ थियो।

साथै प्रचारप्रसारका क्रममा संयम, पारस्परिक सम्मान र कानुनी मर्यादाको पालना गर्न आग्रह गर्दै उनले मौन अवधिमा पूर्ण अनुशासन कायम गर्न सबै पक्षलाई सचेत गराइन्।

सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत तथ्यहीन, कृत्रिम वा भ्रामक सामग्री प्रसारण गरी निर्वाचन वातावरण प्रभावित पार्ने गतिविधि सरकारको निगरानीमा रहेको जनाउँदै यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077