Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छिन्चु-जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला, निष्कृय गर्दा कुकरभित्र गोबर र माटो

छिन्चु-जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला, निष्कृय गर्दा कुकरभित्र गोबर र माटो

'निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा संवेदनशीलता बढिरहेका बेला त्रास फैलाउने उद्देश्यले राखेको हुन सक्ने आशंका '

मंगलवार , फाल्गुण १९, २०८२

सुर्खेत । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ । 

जिल्लाको भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।

सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने क्रममा उक्त प्रेसर कुकरभित्र गोबर र माटो राखिएको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त वस्तु निर्वाचनलाई लक्षित गर्दै विरोधी तत्वहरूले त्रास फैलाउने उद्देश्यले राखेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको  प्रहरीले जनाएको छ ।

सोमबार पनि रौतहटको राजपुर नगरपालिका-५ पानीट्यांकी भएर अकोलवा तर्फ जाने भित्री पक्की सडकखण्डको बीच बाटोमा शंकास्पद वस्तु राखेर त्रास फैलाउने प्रयास गरिएको थियो ।

फलामको ड्रमभित्र पहेँलो प्लास्टिकको बोरामा राखिएको शंकास्पद वस्तु देखिएपछि बम डिस्पोज गर्ने नेपाली सेनाको संयुक्त सुरक्षा फौज घटनास्थल पुगेको थियो । तर, बोराभित्र कुनै विस्फोटक पदार्थ नभई माटो मात्रै भेटिएको थियो ।

निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा संवेदनशीलता बढिरहेका बेला यस्ता गतिविधिले सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना गर्न सक्ने भन्दै प्रहरीले अफवाहमा नअल्झिन आग्रह गरेको छ।

साथै कुनै पनि स्थानमा शंकास्पद वस्तु देखिएमा तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायलाई खबर गर्न प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077