Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कालीकोट र प्युठानमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

कालीकोट र प्युठानमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

आइतवार , जेठ २४, २०८३

काठमाडौं । कालिकोट र प्यूठान जिल्लामा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

नेपाली सेनाका अनुसार शनिबार कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित एक स्थानीयको बारीमा तथा प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–६ लुङस्थित एक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको थियो।

उक्त वस्तुहरूको जानकारी प्राप्त भएपछि नेपाली सेनाबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै शंकास्पद वस्तुहरूलाई सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।

घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको सेनाले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077