Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनुषामा शंकास्पद वस्तु विष्फोट, दुई बालबालिका घाइते

धनुषामा शंकास्पद वस्तु विष्फोट, दुई बालबालिका घाइते

मंगलवार , फाल्गुण १९, २०८२

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् । 

मंगलबार मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किँदा दुई जना बालबालिका घाइते भएका हुन्।

विष्फोटमा परेर घाइते हुनेमा मिथिला–८ जमुनीबासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरुको अवस्था सामान्य रहेको छ । उक्त शंकास्पद वस्तु के थियो भन्नेबारे हालसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, धनुषा र महोत्तरीको सीमामा पर्ने रातो नदीको पुलमा समेत शंकास्पद वस्तु फेला परेको छ। महोत्तरी प्रहरीका अनुसार अहिले शंकास्पद वस्तु फेला परेको ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर निष्क्रिय गर्ने काम गरिरहेको छ।

सुर्खेतभेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा पनि शंकास्पद वस्तु फेला परेको थियो । सूचना प्राप्त भएपछि नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरेका थिए । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने क्रममा उक्त प्रेसर कुकरभित्र गोबर र माटो राखिएको भेटिएको थियो ।

सोमबार पनि रौतहटको राजपुर नगरपालिका-५ पानीट्यांकी भएर अकोलवा तर्फ जाने भित्री पक्की सडकखण्डको बीच बाटोमा शंकास्पद वस्तु राखेर त्रास फैलाउने प्रयास गरिएको थियो । फलामको ड्रमभित्र पहेँलो प्लास्टिकको बोरामा राखिएको शंकास्पद वस्तु देखिएपछि बम डिस्पोज गर्ने नेपाली सेनाको संयुक्त सुरक्षा फौज घटनास्थल पुगेको थियो । तर, बोराभित्र कुनै विस्फोटक पदार्थ नभई माटो मात्रै भेटिएको थियो ।

उक्त वस्तु निर्वाचनलाई लक्षित गर्दै विरोधी तत्वहरूले त्रास फैलाउने उद्देश्यले राखेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको  प्रहरीले जनाएको छ ।

साथै कुनै पनि स्थानमा शंकास्पद वस्तु देखिएमा तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायलाई खबर गर्न प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077