Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बूढानीलकण्ठमा भेटिएको शंकास्पद प्रेसर कुकरभित्र के भेटियो ?

बूढानीलकण्ठमा भेटिएको शंकास्पद प्रेसर कुकरभित्र के भेटियो ?

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ मा सडक पेटीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ ।

तल्लो भंगालस्थित मसला उद्योगदेखि चुनखेल जाने सडक खण्डमा सेतो कागजले बेरिएको प्रेसर कुकर फेला परेपछि स्थानीयमा त्रास फैलिएको थियो। मंगलबार राति करिब १२ बजे उक्त वस्तु देखिएको जानकारी सुरक्षाकर्मीलाई दिइएको थियो ।

खबर प्राप्त हुनासाथ नेपाली सेनाको चन्दन नाथ गणबाट खटिएको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाको घेरा बनाएर आज बिहान करिब ७ बजे उक्त शंकास्पद कुकरलाई निस्क्रिय बनाइएको सेनाले जनाएको छ।

निस्क्रिय बनाएपछि गरिएको प्रारम्भिक परीक्षणमा कुकरभित्र सलाइको काँटी र इट्टाको टुक्रा मात्र भेटिएको जानकारी दिइएको छ। विष्फोटक पदार्थ भने फेला नपरेको जनाइएको छ।

घटनापछि उक्त क्षेत्रमा केही समय आवागमन अवरुद्ध गरिएको थियो भने अहिले अवस्था सामान्य बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077