Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सर्वोच्च अदालतसहित संवैधानिक संरचना जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

सर्वोच्च अदालतसहित संवैधानिक संरचना जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा सर्वोच्च अदालत, सिंहदरबार तथा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार जिल्ला अदालत काठमाडौँमा आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको हो। अदालतका सूचना अधिकारी दीपक अधिकारीका अनुसार अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अघि बढाइएको हो ।

सर्वोच्च अदालतमा आगजनी गरेको अभियोगमा सुनिल श्रेष्ठ, ज्याति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ।

अभियोगपत्रमा उनीहरूले सर्वोच्च अदालतमा आगजनी गरी १ अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख गरिएको छ।

सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न रहेको अभियोगमा आशिष गुरुङविरुद्ध पनि आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।

त्यस्तै, प्रहरी वृत्त बौद्धमा क्षति पुर्‍याएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरी प्रभाग बलम्बु तोडफोड प्रकरणमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि अभियोग लगाइएको छ।

घटनापछि सर्वोच्च अदालत प्रशासनले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी प्रतिवादीहरूविरुद्ध मुद्दा चलाएको हो।

संवैधानिक तथा सुरक्षासम्बन्धी संरचनामा भएको विध्वंशकारी गतिविधिपछि राज्यले कडा कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। अदालतमा अब अभियुक्तहरूको बयान, प्रमाण परीक्षण र सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077