Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

निर्वाचनको दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

निर्वाचनको दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । छिटपुट घटना बाहेक आज प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । दोलखाको बालुमा मतदान रोकिएको छ भने अन्य स्थानमा निर्वाचन सम्पन्न भएको छ । 

निर्वाचनको बारेमा विस्तृत जानकारी गराउन निर्वाचन आयोगले सवा ६ बजे पत्रकार सम्मेलन गर्दैछ । 

प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । 

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए।

खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए।

16.jpg

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेनले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् ।

निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् । बालेनले प्रधानमन्त्री कार्कीर्ला ‘आमा’ भनेर सम्वोधन गर्दै लेखेका छन्–‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’

त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन्।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएलगत्तै विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नेप्रति
आभार व्यक्त गरेका छन्।

15.jpg

विज्ञप्तिमा भनिएको छ–यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।’

केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। निर्वाचन सफल बनाउन अहोरात्र खटिएका कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

14.jpg

तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न भएको बताउँदै उनले सरकारलाई धन्यवाद दिएका हुन् ।

जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन सबै आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको उनले बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्–‘म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी,सहभागी राजनीतिक दलहरू नागरिक समाज एवम संपुर्ण मतदाताहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

13.jpg

मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको उनले बताएका छन्। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

12.jpg

9.jpg

7.jpg5.jpg

3.jpg

6.jpg

5.jpg

6.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077