काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
रास्वपाका उमेदवार रवि लामिछानेले एक हजार १५८ मत ल्याएका छन् ।
सुरुआती अग्रता बनाएको एमाले पछि परेको छ । एमालेका उमेदवार जस्मिन घिमिरेले ९०८ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमेदवार मीना खरेलले ५३९ मत ल्याइन् । नेकपाका उमेदवार प्रताप गुरुङले ७७५ मत प्राप्त गरे ।