Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी, गिरिराजमणि पोखरेल पराजित

महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी, गिरिराजमणि पोखरेल पराजित

शनिवार , फाल्गुण २३, २०८२

महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका वरिष्ठ नेता गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत मात्रै प्राप्त गरे ।

यस निर्वाचनमा महतोले पोखरेललाई २२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका मुकेश काफ्लेले ६ हजार २१३ मत पाएका छन्।

पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेल यसअघि यही क्षेत्रबाट २०६४, २०६९ र २०७४ मा लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

तर अघिल्लो निर्वाचनमा एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित भएका पोखरेलले यसपटक पनि हार बेहोरेका छन्।

यससँगै महोत्तरी–१ मा रास्वपाले उल्लेखनीय जीत दर्ता गर्दै आफ्नो राजनीतिक प्रभाव विस्तार गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077