Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछाम–२ मा एमालेका बोगटी विजयी, बालेनका स्वकीय चौथो

अछाम–२ मा एमालेका बोगटी विजयी, बालेनका स्वकीय चौथो

आइतवार , फाल्गुण २४, २०८२

अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार पुष्प शाहलाई ४७२ मतान्तरले पराजित गर्दै बोगटी विजयी भएका हुन् । अन्तिम मत परिणामअनुसार बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन् भने कांग्रेसका शाहले ९ हजार ०४६ मत पाएका छन् ।

यसैगरी रास्वपाका भूपदेव शाहले ४ हजार ५५२ मत प्राप्त गरेका छन् भने नेकपाका बलबहादुर कुँवरले ६ हजार ४९३ मत पाएका छन् ।

अन्य उम्मेदवारमध्ये गुलाब चिह्नले ५५८, हलोले १६७, मादलले ६०, चिमले ५२ र आँखा चिह्नले ११३ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अछाम–२ मा कुल ३२ हजार ४०८ मत खसेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077