Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाद्वारा पार्टी, संसद् र सरकारबीच समन्वय गर्न उच्चस्तरीय समिति गठन, संयोजकमा भूपदेव

रास्वपाद्वारा पार्टी, संसद् र सरकारबीच समन्वय गर्न उच्चस्तरीय समिति गठन, संयोजकमा भूपदेव

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन, संसदीय दल र सरकारबीचको सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित १० सदस्यीय ‘पार्टी–संसद र सरकार समन्वय समिति’ गठन गरेको छ ।

पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले भूपदेव शाहको संयोजकत्वमा उक्त समिति निर्माण गर्ने निर्णय गरेको हो । समितिको उपसंयोजकमा सरिताश्री ज्ञवाली र सदस्य सचिवमा राम कुमार ढुंगानालाई जिम्मेवारी दिइएको छ ।

समितिमा सदस्यका रूपमा रवि किरण अधिकारी र विशाल अधिकारी रहेका छन् । त्यसैगरी संसदीय दल र पार्टीबीच प्रत्यक्ष समन्वय सुदृढ गर्न सांसदहरू अरविन्द साह, करिष्मा कठरिया, मनिष खनाल, रमेश सापकोटा र श्रृष्टि भट्टराईलाई सदस्यमा राखिएको छ।

समितिको गठनबारे जानकारी दिँदै पार्टीका प्रवक्ता मनिष झाले संस्थागत सुदृढीकरणका लागि यो कदम चालिएको बताएका छन् ।

उनका अनुसार पार्टीको नीति, संसदीय गतिविधि र सरकारी कार्यान्वयनबीच स्पष्ट एकरूपता कायम गर्दै निर्णय प्रक्रियालाई थप व्यवस्थित र प्रमाणमा आधारित बनाउने लक्ष्य राखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077