Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै, झन्डै ९ हजार मतले अगाडि

गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै, झन्डै ९ हजार मतले अगाडि

सोमवार , फाल्गुण २५, २०८२

गोरखा । गोरखा क्षेत्र नम्बर १ मा सुदन गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुदन ८ हजार ९५० मतले अगाडि रहेका छन् ।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामा गुरुङले २१ हजार ५५० मतसहित अग्र स्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेपालीका का‌ंग्रेसका उम्मेदवार प्रेमकुमार खत्री ८ हजार ९५० मत पछाडि छन्।

खत्रीले हालसम्म १२ हजार ६०० मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टी हरि राज अधिकारी छन्।

उनले ८ हजार १६८ मत पाएका छन‍् भने नेकपा एमालेका उम्मेदवार राम चन्द्र लामिछाने २ हजार ८५७ मत ल्याए । मत गणना अझै जारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077